नियम २२
टिकट जस्तो अन्य चीज टाँस्न नहुने
(क) टिकट जस्तो लेखिएको, छापिएको वा मुद्रित गरिएको कुनै चीज वा ठेगाना लेख्नेपट्टि छापिएको मुद्रित गरिएको वा लेखिएको कुनै चीजले ठीक ठेगानावाला पत्ता लगाउन वा टिकटको पूरा महसुलको हिसाब गर्न झुक्किन सकिने गरी हुलाक दाखिल गरेको कुनै हुलाक वस्तुहरूलाई हुलाकद्वारा चलान गरिने छैन ।
(ख) यस नियमको उपनियम (क) को उल्लंघन गरिएको कुनै हुलाकवस्तु परिवहन कालमा वा ठेगाना हुलाकद्वारा डेलिभरी गर्नुभन्दा अगाडि प्राप्त भएमा त्यस वस्तुमा लाग्ने हुलाक महसुलको दुगुना प्रेषकबाट असुल गरी प्रेषकलाई नै सो वस्तुको डेलिभरी गरिनेछ । सो वस्तुमा टा“सिएको टिकटको कुनै गिन्ती हुने छैन ।